Logo

चलचित्र ‘सतीदेवी’ को गीत ‘लैजा दैव फिर्ता लैजा’ सार्वजनिक (भिडिओसहित)



काठमाडौं, ८ असार । चलचित्र सतीदेवीको नयाँ गीत ‘लैजा दैव फिर्ता लैजा’ सार्वजनिक भएको छ । लक्ष्मण सुवेदी निर्देशित चलचित्र सतीदेवीको उक्त गीतमा शब्द उनकै रहेको छ । त्यस्तै, उक्त गीतमा ममता गुरुङको स्वर छ भने सुवास भूषालको संगीत रहेको छ ।

चलचित्र सतीदेवीको शीर्ष भूमिकामा अभिनेत्री मलिका महतको अभिनय रहेको छ । उक्त चलचित्र आगामी साउन ४ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

चलचित्रमा कलाकारहरु हर्षिका, मञ्जिला, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीलगायतको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot