Logo

मुलुकलाई आर्थिक रुपमा सबल बनाउन राजनीतिक दलहरु सक्षम छन्ः तोसिमा कार्की



काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं सांसद डा.तोसिमा कार्कीले मुलुकलाई आर्थिक रुपमा सबल बनाउन नेपालका राजनीतिक दलहरु सक्षम रहेको बताएकी छन् ।

राष्ट्रिय युवा परिषद् र युवा गैरसरकारी संस्था महासङ्घ नेपालले संयुक्तरुपमा आयोजना गरेको ‘युथ लिडरसिप समिट–२०२४’लाई सम्बोधन गर्दै उनले नेपाललाई समृद्ध बनाउन नेतृत्व सक्षम रहेको बताएकी हुन् । ‘नेपाललाई समृद्ध बनाउन हामी सक्षम छौँ, चुनौती छन् तर त्यसलाई अवसरमा परिणत गर्न सक्छौँ,’– उनले भनिन् ।

मुलुकको आर्थिक उन्नतिमा प्रमुख भूमिका खेल्न सक्ने युवा जनशक्तिलाई पछाडि राखेर समृद्धि हासिल गर्न नसकिने उनको भनाइ छ । सांसद कार्कीले अब युवा नेतृत्वका लागि अगाडि आउनुपर्ने बताईन् । ‘युवा राजनीतिमा मात्रै होइन, स्वास्थ्य, शिक्षा, कृषि, विज्ञान प्रविधिलगायत समाजका विविध क्षेत्रमा अगाडि आउनुपर्छ,’ उनले भनिन्, ‘यसका लागि सरकार र सरोकारवाला निकायले युवामैत्री नीति र वातावरण बनाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्