Logo

प्रधामन्त्री सबैको अभिभावक बन्नुपर्ने बेला गनगन गरेको गगनको आरोप (भिडिओसहित)



काठमाडौं, ८ असार । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कसैले नटेरेको टिप्पणी गरेका छन् । आज (शनिबार) पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री संसद्मा आउँदा उपप्रधानमन्त्री र मन्त्रीहरुले समेत नटेरेको बताएका हुन् । उनले प्रचण्डलाई ‘लुते प्रधानमन्त्री’ को संज्ञा दिए ।

‘संसद्मा मन्त्री आउँदैनन, उपप्रधानमन्त्री आउँदैनन् । मन्त्रीले खल्तीबाट राजीनामा दिउँ, राजीनामा दिउँ, थर्काको छ । यता थर्काको छ, उता थर्काको छ । यस्तो प्रधानमन्त्री, यस्तो लुते प्रधानमन्त्री भएको बेलामा सम्हाल्छ त ? मैले आरोप लगाएको होईन, मन्त्रीले टेर्देनन्, मुख्यमन्त्रीले टेर्दैनन्, कसैले टेर्दैनन्,’– उनले भने ।

साथै, प्रधानमन्त्रीले वर्तमान अवस्थामा अभिभावकको रुपमा भरोसा र ढाडस दिन नसकेको उनको आरोप छ । उनले प्रधानमन्त्री यता, उता गर्दै गनगन गरिरहेको टिप्पणी गरे । ‘प्रधानमन्त्रीले संसद्मा उभिएर म छु, म सरकारको मात्रै होईन, प्रतिपक्षको पनि अभिभावक हुँ । नआत्तिनुस् भन्नुपर्नेमा गनगन गरेको उनको टिप्पणी छ । ‘यो बेलामा प्रधानमन्त्रीले ढ्याक्क संसद्मा उभिएर म छु । नआत्तिनुस् म अभिभावक, म सरकारमा सहभागी दलहरुलाई मात्रै प्रतिपक्षलाई पनि मिलाउँछु । नआत्तिनुस् देश विदेशमा काम गरेर साथीहरुले पैसा पठाएका छन् । ….म भरोसा दिन्छु, म सम्हाल्छु भन्न्पर्ने ठाउँमा गनगन गरेको छ, रोएको छ, यता डौडेको छ, उता डौडेको छ,’– उनले भने ।

साथै, नेकपा (एमाले) सरकारमा भएर पनि प्रतिपक्षको भूमिकामा देखिएको उनले बताए । एमालेले अहिले एउटा पृष्ठभूमि खडा गरेर यो सरकारले गरेका कामहरुको अपजसबाट बच्न खोजेको उनको आरोप छ । उनले भने, ‘नेकपा (एमाले) ले यो सरकारको जिम्मा लिँदैन । त्यसकारणले उसले बजेटको पनि विरोध गर्छ, यो सरकारले काम पनि गरेन भन्छ । यो सबै किन गरेको भने पछि जिम्मा नलिनका लागि ।’ फोटो /भिडिओः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot