Logo

छत्रदेव गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत, संसद्कै झल्को दिएको अध्यक्ष श्रेष्ठको प्रतिक्रिया



काठमाडौं, ८ असार । देशभरिका स्थानीय तहमा नयाँ आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत हुन सुरु भएसंगै अर्घाखाँची  जिल्लाको छत्रदेव गाउँपालिकाले पनि नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । 

छत्रदेव गाउँपालिकाको १८औं अधिवेशनबाट गाउँपािलका अध्यक्ष श्रेष्ठले नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पालिकाको विकास सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेको बताए ।  गाउँपालिकाभित्र रहेका असहाय गरिब, दुखी र बिरामीलाई बिशेष सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै, शिक्षालाई प्रविधिमैत्री र गुणस्तीय बनाउने र नागरिकका समस्या समाधानका लागि यो नीति तथा कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा संसद्कै झल्को दिनेगरि पालिकाभित्रका सबै वडा टोलका स्थानीयवासीलाई समेटेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot