Logo

आफ्नो निर्वाचन क्षेत्रमा बजेट नदिएपछि सांसदले दिईन् मन्त्रीलाई धन्यवाद



काठमाडौं । प्रतिनिधि सभा बैठकमा सत्तारुढ दलकै सांसदले बजेट विनियोजन गर्दा विभेद गरेको भन्दै मन्त्रीमाथि व्यंग्यात्मक टिप्पणी गरेकी छन् ।

आइतबार बसेको प्रतिनिध सभा बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद उमरावती देवीले आफ्नो निर्वाचन क्षेत्र बारा २ मा कुनैपनि बजेटको योजना नपरेको भन्दै विभागीय मन्त्रीलाई व्यंग्यात्मकरुपमा मन्त्रीलाई धन्यवाद दिईन् ।

उनले भनिन्,‘सम्माननीय सभामुख महोदय, मेरो बारा क्षेत्र नम्बर २ मा एउटा पनि योजना नपारिदिने सबै माननीय मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु, मेरो बारा जिल्ला नेपालमा होइन ?’।



प्रतिक्रिया दिनुहोस्