Logo

नेपाली सेना पाकिस्तानी मोडलमा जाँदै छ भनेर स्याल हुइँय्या चलाइयोः रक्षामन्त्री उप्रेती



काठमाडौं,९ असार । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सिमानामा सेना हतियारसहित बस्न नमिल्ने बताएका छन् । उनले अन्तर्राष्ट्रिय मान्यताले पनि नदिने भएकाले अर्धसैनिक बल सीमामा बस्ने बताए ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले सेना अलि दूरीमा बसेर सीमासम्बन्धी सुरक्षाको काम गरिरहेको उल्लेख गरे । “सिमानामा सेना हतियारसहित बस्न अन्तर्राष्ट्रिय मान्यताले पनि नमिल्ने भएकाले अर्धसैनिकमा राख्दै केही दूरीमा आफू बसेर निगरानी गर्ने क्रम जारी छ,” उनले भने ।

उनले आफू विगतमा करिब २२ दिन रक्षामन्त्री हुँदा हेटौँडा कपडा उद्योग चलाएर सुरक्षा संयन्त्रलाई पुग्ने लत्ताकपडा उत्पादन गर्ने भन्दा विरोध गरिएको स्मरण गरे । त्यति बेला ‘नेपाली सेना पाकिस्तानी मोडलमा गएको हो ?’ भन्दै विरोध गरिएको उनले बताए ।

“नेपाली सेना पाकिस्तानी मोडलमा जाँदै छ भनेर स्याल हुइँय्या चलाइयो । के आत्मनिर्भर हुनु पाकिस्तानी मोडल हो ? खण्डहर उद्योगलाई चलाउनु पकिस्तानी मोडल हो ?,” उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot