Logo

मदिराले लठ्ठिएर संसद् बैठकमा आउनेलाई ६ महिनाका लागि निलम्बन गरिओस्: सांसद जितजंग बस्नेत



काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जीतजंग बस्नेतले प्रतिनिधि सभा बैठकमा आउँदा सांसदले मदिरा सेवन गरेर आएको विषय उठाएका छन् ।

केही दिन अघि प्रतिनिधि सभा बैठकमा प्रत्यक्ष निर्वाचित एक सांसद मदिराले उठ्ठ बनेर उपस्थित भएका थिए । सो कुरा भोलिपल्टको बैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाले सो विषय उठाएकी थिइन् ।

प्रतिनिधि सभा बैठकमा उठेको सो कुरा आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद बस्नेतले उठाएका हुन् । उनले मापसेले लठ्ठिएर आउनेलाई ६ महिना सांसद पदबाट निलम्बन गर्नुपर्ने बताए ।

“प्रतिनिधिसभामा महिला सांसदले पुरुष एकजना सांसद संसद्‌मा रक्सी खाएर आउनुहुन्छ भन्नुभयो । यदी त्यसो हो भने कारबाही हुनुपर्छ । संसद्को अनुशासनको कुरा गरेर आफैँ अनुशासनहिन नहोस् । त्यस्तो कार्य भए ६ महिनाको निलम्बन हुनुपर्छ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot