Logo

डीआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस



काठमाडौं,१० असार । प्रहरी नायव महानिरीक्षक (डीआइजी) पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालयले रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो। सोमबार बिहान बसेको बढुवा समितिको बैठकले पोखरेलाई बढुवा गर्न सिफारिस गरेको हो ।

पोखरेल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot