Logo

राजदूत सिफारिस र मुख्यसचिवबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं,१० असार । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बिहान १० बजेका लागि मन्त्रिपरिषद्को बैठक डाकिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले बाँकी देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र नयाँ मुख्यसचिव छान्ने सम्भावित एजेण्डा छ ।

शुक्रबार बसेको बैठकले रिक्त ११ मध्ये ८ देशका लागि राजदूत सिफारिस गरेको थियो । तर, दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन् । त्यस्तै मुख्यसचिव डा बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दाचमा डामिएपछि मुख्यसचिव पद पनि रिक्त छ । आज सो बारेमा पनि छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot