Logo

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी



काठमाडौं,१० असार । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

यो मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा बाँकी ३ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र नयाँ मुख्यसचिव छान्ने सम्भावित एजेण्डा छ ।

शुक्रबार बसेको बैठकले रिक्त ११ मध्ये ८ देशका लागि राजदूत सिफारिस गरेको थियो । तर, दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन् । त्यस्तै मुख्यसचिव डा बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दाचमा डामिएपछि मुख्यसचिव पद पनि रिक्त छ । आज सो बारेमा पनि छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot