Logo

कामु मुख्यसचिवको जिम्मेवारी गड्तौलालाई, भ्रष्टाचारमा डामिएका बैकुण्ठ योजना आयोगको जगेडामा सरूवा



काठमाडौं,१० असार । सरकारले भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित भएका डा बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर जगेडामा धकेलेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई योजना आयोगमा जगेडामा लाने निर्णय गरेको हो । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले अर्याललाई योजना आयोगको जगेडा पदमा लगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लिलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मा दिएको छ ।

आइतबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अर्यालसहित १२ जना विरुद्ध ३८ करोड भन्दा धेरै बिगो माग गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot