Logo

स्थानीय तहको बाँकी वित्तीय समानीकरण अनुदानबापतको रकम तत्काल पठाउने सरकारको निर्णय



काठमाडौं,१० असार । सरकारले स्थानीय तहको बाँकी रहेको वित्तिय समानीकरण अनुदार वापतको रकमत तत्काल पठाउने निर्णय गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्ष ०८१८२ को लागि बाँकी अनुदान रकम तत्काल उपलब्ध गराउने निर्णय भएको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

‘अहिले ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएकोमध्ये त्यसमध्येको ९३ प्रतिशत हुने गरी १६ अर्ब ७९ करोड २२ लाख तत हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ’, सञ्चारमन्त्री शर्माले भनिन् ।

वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरणको माग गर्दै देशभरका जनप्रतिनिधिहरुले माग गर्दै आाएका थिए । 



प्रतिक्रिया दिनुहोस्

Screenshot