Logo

ट्रान्परेन्सी इन्टरनेशनलले नेपाल भ्रष्टाचारीहरुको मुलुक हो भनिसकेको थियो, पुष्टि हुँदैछः पूर्व मुख्यसचिव कोइराला



काठमाडौं, १० असार । पूर्व मुख्यसचिव डा.विमल कोइरालाले नेपाल भ्रष्टाचारीहरुको मुलक हो भनी ट्रान्परेन्सी इन्टरनेशनलले लगाएको आरोप पुष्टि हुने क्रममा रहेको धारणा राखेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । कोइलालले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको तर्फ लक्षित गर्दैै पहिला राजनीतिक वृत्तमा बढी भ्रष्टाचार छ भनेर ट्रान्परेन्सी इन्टरनेशनलले भने पनि अहिले प्रशासनिक निकायमा देखिएको बताए ।

‘भ्रष्टाचारीहरुको मुलुक भनेर त पहिले नै ट्रान्परेन्सी इन्टरनेशनलले नै नेपाल भ्रष्ट मुलुक हो भनेकै थियो । ट्रान्परेन्सी इन्टरनेशनलले राजनीतिक तहमा बढी भ्रष्टाचार छ भनेको थियो । अहिले चाहीँ प्रशासनिक तहमा बढ्ता भ्रष्टाचार छ भन्ने देखायो,’– उनले भने ।

मुख्य सचिव अर्यालमाथि भ्रष्टाचार मुद्दा दायर भएको मनोवैज्ञानिक असर कर्मचारीहरुमा स्वभाविक रुपमा देखिने उनको भनाइ छ । उनले अब कर्मचारीहरुले निर्णय नगर्ने, निर्णय गर्न हिचकिचाउने र कार्यान्वयनमा सुस्तता आउने जस्ता असर देखिन सक्ने बताए । कर्मचारीहरुले राजनीतिक नेतृत्वले भन्दैमा नियम र कानुनले नदिएका काम कारबाही गर्ने प्रवृत्ति त्याग्न आवश्यक रहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot