Logo

बीआरआई परियोजना ऋणमा स्वीकार गर्न हुँदैनः अब्दुल खान (भिडिओसहित)



काठमाडौं, १० असार । जनमत पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य अब्दुल खानले चिनियाँ परियोजना बीआरआई ऋणमा लिन नहुने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालका लागि ऋण घातक भइसकेको र अब लिन नहुने बताएका हुन् । उनले नेपालले संसारका सबै देशहरुसँग अनुदानमा बढी फोकस गर्नुपर्ने बताए ।

‘मुलुकको हित र समृद्धिको लागि अग्रगामी परिवर्तनप्रति जोसुकै योजनाहरु जहाँ सुकैबाट सहयोग लिनुपर्छ । कुनै देश र योजना भन्दा पनि हाम्रो मुलुकको हितमा हुनुपर्छ । ऋण वास्तवमै हाम्रो देशका लागि घातक भइसकेको छ । ऋणभन्दा अनुदानतिर बढी ध्यान दिनुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot