Logo

बजेट ल्याएको भोलिपल्टै अर्थसचिवको सरुवा गरेर सुदूर सरकारले जगहसाई गर्‍यो: सांसद लामा



काठमाडौं । नेकपा एमालेका सांसद तारा लामा तामाङले सुदूरपश्चिम प्रदेशका अर्थ सचिवको गलत नियतले सरुवा भएको भन्दै फिर्ता लिन माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लामाले बजेट सार्वजनिक भएको भोलिपल्टै प्रदेश सरकारले अर्थ सचिव सरुवा गरेर जगहसाई गरेको टिप्पणी गरे ।

‘बजेट सार्वजनिक भएको भोलिपल्टै प्रदेश सरकारले अर्थसचिव सरुवा गरेर जगहसाई गर्यो । यसले जनतामा राम्रो छाप परेन् । यसबारेमा सरकारले बिचार गरोस्’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot