Logo

कुवेतमा घरेलु कामदार पठाउने कार्य तत्काल रोक्न सांसद गुरुङको माग



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कुवेतमा घरेलु कामदार पठाउने काम तत्काल रोक्न माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकका आकस्मिक समयमा बोल्दै सांसदसमेत रहेका गुरुङले कुवेतमा रहेका ४१ हजार कामदारमध्ये २७ हजार गैरकानूनी रुपमा बसेको बताएका छन् ।

‘२७ हजार महिलाहरू गैरकानुनी रूपमा कुबेतमा रहेका छन्, । पछिल्लो छ महिनामा १० हजार नेपाली महिला घरेलु कामदारका रूपमा कुबेत पुगेका रहेछन्’ उनले भने ‘घरेलु कामदारका रूपमा गैरकानुनी रूपमा उनीहरूलाई पठाउनु खेदजनक छ । यसतर्फ सरकारको ध्यान आकृष्ट हुनुपर्छ।’

उनले कुवेतको नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भएर आफू स्वदेश फर्कने क्रममा पाँच नेपालीलाई बेलग्रेडबाट फर्काइएको अवस्थामा पाएको उल्लेख गरे । प्रतिव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर उनीहरूलाई बेलग्रेड पुर्‍याइएको र विमानस्थलमा अलपत्र परी फर्किएको तथा १० नेपाली अझै अलपत्र रहेका उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot