Logo

भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकारलाई सांसद गैह्रेको सुझाव



काठमाडौं, १० असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैह्रेले भ्रष्टाचारविरुद्ध अझ अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकार्षण गराएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भ्रष्टाचारले देशलाई नै लज्जित बनाएको बताएका हुन् । ‘भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकार्षण गराउँछु । यसले हामी सबैलाई लज्जित बनाइरहेको छ,’– उनले भने ।

देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिव जस्तो व्यक्तिमाथि नै भ्रष्टाचारको मुद्दा दायर हुने परिस्थितिले सिंगो सेवा क्षेत्र समस्याग्रस्त छ भन्ने कुरा प्रष्ट भएको उनले बताए । नेता गैह्रैले मुख्यसचिवमाथि नै भ्रष्टाचारको मुद्दा लाग्नुले निजामती सेवाभित्र भ्रष्टाचारको जालो कति मजवुद छ भन्ने कुरा प्रष्ट भइरहेको बताए ।

साथै, निजामती सेवामा मात्रै उक्त भ्रष्टाचारको जालो समित नरहेर राजनीति नेतृत्व र अरु तहको संलग्नता हेर्न आवश्यक रहेको उनले बताए । कर्मचारीहरुको ‘माथि भन्नुस्, माथिको आदेश छैन, माथि मिलाउनुपर्छ, भोलि आउनुस्’ जस्ता स्वरहरुले आम सेवाग्राहीलाई आजित बनाइरहेको उनको भनाइ छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot