Logo

कांग्रेस सांसदको प्रश्न: प्रधानमन्त्री र मन्त्रीको तादम्यता मिल्दैन्, यो देश कहाँबाट चलेको छ ?



काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकार र मन्त्रीबीच काम गराईमा तादम्यता नमिलेको दाबी गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले प्रधानमन्त्रीलाई मन्त्रीले नर्टेने भनेर सदनमा गरेको तर्कप्रति संकेत गर्दै देश कहाँबाट चलेको छ भन्दै प्रशन गरे ।

उनले भने,‘सरकारले संसदलाई हेपेको छ, प्रधानमन्त्री भन्नुहुन्छ मेरो निर्देशन कसैले मान्दैन। प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुन्छ ? यो अराजकता कहिले अन्त्य हुन्छ ? यो देश सरकारले चलाएको छ कि अन्त कतैबाट म जवाफ चाहुन्छ ?’

सांसद पौडेलले सदनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र रक्षामन्त्री हरि उप्रेतीको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् । उनले भने,‘सदनमा केही समयअघि गृहमन्त्रीले यही सदनमा विदेशीलाई सूचना बेच्ने मान्छे छ भन्नुभयो। हिजो रक्षामन्त्रीले प्रश्नको उत्तर दिने क्रममा जे अभिव्यक्ति दिनुभयो त्यो उहाँको पदीय मर्यादाभित्र पर्छ भन्ने मलाई लाग्दैन। बजेट आयो सबै मन्त्रीहरूले आफ्नो हात जगन्नाथ भनेजस्तै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै लानुभयो।’



प्रतिक्रिया दिनुहोस्

Screenshot