Logo

बालेनलाई वडाध्यक्षको चेतावनी: कमजोरी नसच्याए रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्न



काठमाडौं,१० असार । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममाथि छलफल जारी छ । गत सातानै सुरु भएको नगर सभाको बैठकमा दलहरुबीच कुरा नमिलेपछि आजसम्मका लागि स्थगित गरिएको थियो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ३२ नम्बरका वडाध्यक्ष नवराज पराजुलीले मेयर बालेन शाहले कार्यपालिका सदस्यलाई लक्षित गर्दै फेसबुकमा स्टाटस लेखेको भन्दै आपत्ति जनाए । उनले बालेनले आफ्नो कार्यशैली सुधार गर्नुपर्ने बताउँदै कमजोरी सच्याउन नमाने रामराम भन्न सकिन्छ तर काँध थाप्न नसकिँने प्रष्ट पारेका छन् ।

उनले भने, ‘हामीले स्वतन्त्र मेयर भनेर कहिले अन्यथा सोचेका छैनौं, राम्रो काम गर्दा साथ दिएका छौं तर कमजोरी सच्याउन मान्नुभएन भने रामराम भन्न सकिन्छ तर काँध थाप्न सकिनँ ।’

पराजुलीले २ असारमा भएको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रश्न उठाएकै भरमा आफूहरुलाई निरंकुश भनेको भन्दै आपत्ति जनाए । ‘हामी जनताबाट निर्वाचित भएका हौं, अधिनायकवाद विरुद्ध लडेर आएका हौं । तर स्टाटसमा हामीलाई निरंकुश भन्नुभयो । तर हामी कसरी अराजक हुन सक्छौं ? हामी मिलेर जान चाहन्छौं,’पराजुलीले भने ।

२ असारमा एमालेबाट निर्वाचित वडाध्यक्ष पराजुलीसहित नेपाली कांग्रेस र नेकपा एसका वडाध्यक्ष मिलेर संशोधन प्रस्ताव ल्याउने कोशीस गरेपछि बालेन आक्रोशित बनेका थिए । नगर सभाको बैठक स्थगित भएपछि फेसबुकमा स्टाटस् लेख्दै उनले अर्को बैठकमा आउँदा एमाले र कांग्रेसको धङधङी लिएर नआउन भनेका थिए । सोही विषयमा वडाध्यक्षहरुले आज आपत्ति जनाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्