Logo

सिंहदरबार जलाउँछु भन्ने बालेनलाई ढोलीको प्रश्न: तपाईँको भव्य दरबार जनताले जलाए के हुन्छ ?



काठमाडौं,१० असार । काठमाडौं महानगरपालिकाको १५औं नगर सभाको तेस्रो बैठक जारी छ । जारी बैठकमा आगामी आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रममाथि छलफल भईरहेको छ ।

छलफलमा भाग लिँदै नगरसभा सदस्य र कार्यपालिका सदस्यले मेयर बालेन शाहको कार्यशैलीको चर्कोरुमा विरोध गरेका छ । छलफलमा भाग लिँदै वडाध्यक्षहरुले बालेनले लेखेको स्टाट्सबारे प्रश्न गरेका थिए । उनीहरुले फरक मतको कदर गर्न आग्रह गर्दै फरक मतलाई बेवास्ता गरिएमा जेपनि हुनसक्नेसम्मको चेतावनी दिएका छन् ।

यता कार्यपालिका सदस्य रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ अनिता कार्की ढोलीले बालेनले आवेगमा आएर सिंहदरबार जलाउँछु भनेको भन्दै आपत्ति जनाईन् । उनले बालेनलाई प्रश्न गर्दै तपाईँको भव्य दरबार जनताले जलाए भने के हुन्छ ? भनेर सोधेकी छन् ।

‘प्रमुखज्यू जुन कुर्सीमा बसिराख्नु भएको छ त्यो कुर्सीको अधिकार संविधान र कानूनले दिएको हो । जुन अधिकार सिंहदरबारले प्रदत्त गरेको अधिकार हो । व्यक्तिगत रिसइबीमा सिंहदरबार जलाउँछु भन्ने तपाईँलाई तपाईँ बस्ने भव्य दरबार, जहाँ ऐश आराम गरिरहनुभएको छ महानगरबासीले जलाए भने के हुन्छ ? दलको विकल्प दल हुन्, व्यक्ति हुन सक्दैन’ । उनले भनिन्

केही समय अघि आफ्नी श्रीमती सवार सरकारी गाडी कोटेश्वरमा ट्राफिकले रोकेपछि आक्रोशित बनेका उनले फेसबुकमार्फत सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot