Logo

सत्तापक्षका सांसदलाई राप्रपाको प्रस्तावः यो अन्यायी बजेट फेल गरौं, तपाईहरु हिम्मत गर्नुस् हामी साथ दिन्छौं



काठमाडौं,११ असार । प्रतिनिधि सभाबाट आज आगामी आर्थिक वर्ष ०८१-८२ को विनियोजित बजेट पारित हुँदैछ । बजेट पारित गर्नका लागि अहिले प्रतिनिधि सभा बैठक जारी छ । आजको बैठकमा परराष्ट्रसहित केही मन्त्रालयको विनियोजित बजेटबारे सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने र बजेट पारित गर्ने कार्यसूची छ ।

बजेट पारित हुने कार्यसूची सार्वजनिक भएपछि सत्तारुढ दल नेकपा एमाले, माओवादी केन्द्रलगायतले पक्षमा मतदान गर्न ह्वीपनै जारी गरेका छन् भने अन्य दलले पनि पक्षमा मतदान गर्ने तयारी गरेका छन् । यता प्रमकुख प्रतिपक्षी दल कांग्रेस, राप्रपा र जसपा नेपाललगायतले भने बजेटको विपक्षमा मतदान गर्नेछन् । बजेट पारित हुनैलाग्दा राप्रपाकी सांसद रोशन कार्कीले सत्तारुढ दलका सांसदलाई बजेट फेल गराउने प्रस्ताव गरेकी छन् ।

आज बसेको शबैठकको शून्य समयमा बोल्दै कार्कीले अन्यायी बजेट फेल गराउन आग्रह गर्दै त्यसका लागि आफूहरुले साथ दिने बताईन् । ‘माननीयज्यू हरुलाई पनि यो जुन मन्त्रालयगत रकम छुट्टयाईएको छ । त्यसमा चित्त पटक्कै बुझेको छैन्’ उनले भनिन् ‘उहाँहरुको प्रस्तुतीबाट पनि थाहा पाईसक्यो । यो जस्ताको त्यस्तै कार्यक्रमाहरुलाई पास गर्नुपर्ने जुन गलत परम्परा छ । यसपटक म सभामुखमार्फ सत्तापक्षका माननीय सदस्यहरुलाई भन्न चाहान्छु । माननीयज्यू यो गलत परम्पराको अन्त्य गरौं । तपाई हामीबाट यो गलत परम्पराको अन्त्य गरौं’ ।



प्रतिक्रिया दिनुहोस्