Logo

राष्ट्रपति,सभामुख र प्रधानन्यायाधीशपछि मुख्यसचिव महिला हुने अवस्था बन्दैछ, सरकारले हिम्मत गरोस्: सांसद झा



काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झा (ठाकुर) ले नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिव बन्ने अवस्था रहेको भन्दै लीलादेवी गड्तौलालाई मुख्यसचिव बनाउन माग गरेकी छन् । गड्तौलाले मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचारमा डामिएपछि आइतबारबाट कायम मुकायम मुख्यसचिवको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

पूर्व मन्त्रीसमेत रहेकी रञ्जुले नेपालले पहिलो महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पाईसकेको स्मरण गराउँदै अब मुख्यसचिवमा महिलालाई पठाउन माग गरिन् । उनले यसका लागि सरकारले हिम्मत गर्नुपर्ने बताईन् ।



प्रतिक्रिया दिनुहोस्