Logo

सहकारीवालाहरुले फेरि अर्को लुट मच्चाउन सुरु गरेको माओवादी नेता खनालको खुलासा (भिडिओसहित)



काठमाडौं, ११ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री चक्रपाणि खनालले सहकारीवालाहरुले फेरि अर्को लुटको खेती सुरु गरेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पछिल्लो समय सहकारीवालाहरुले बचतकर्ताहरुलाई सस्तोमा जग्गा किनेर महँगोमा भिडाइरहेको बताएका हुन् । सहकारी ठगीमा संलग्न जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

‘सहकारीवालाहरुले फेरि अर्को लुट मच्चाइरहेका छन् । उनीहरुले अब बाहिर–बाहिर जाने, दुई/तीन सय रोपनी जग्गा किन्ने त्यसपछि ज–जसको पैसा ठगेका छन्, उनीहरुलाई फेरी दोब्बरमा, रोपनीको १० हजारमा किनेको जग्गा फेरि अर्को ठगी गर्न लागेका छन् माफियाहरु,’– उनले भने ।

साथै, विशेषगरी एमालेका नेताहरुले देशैभर सहकारीविना समाजवाद आउँदैन भनेर हल्ला फैलाएको उनको भनाइ छ । उनले सहकारीविना समाजवाद आउँदैन भन्नेहरुलाई अपराधीको संज्ञा दिए । जनताबाट अर्बौंअर्ब पैसा उठाएर व्यक्तिका नाममा ल्याएर राख्नसक्ने दिने राज्य पनि उत्तिकै दोषी रहेको उनको भनाइ छ । उनले सरकारले यसमा कडाइका साथ नियमन गर्न जरुरी रहेको बताए ।

‘अहिले देशैभरीका सहकारी, एमालेका नेताहरुले पहिलो त्यसपछि अन्य भन्छु म, जसरी सहकारीको विश्लेषण, सहकारीबाहेक अरु केही पनि हुँदैन । यसैले हो समाजवाद ल्याउने भनेर मान्छेहरु हिँडेका छन्, तिनलाई मैले के भन्छु भने ती अपराधीहरु हुन् । ती कानुनको कठघरामा उभ्याउनुपर्ने अपराधीहरु हुन् । जनतालाई ठगेर मुलुक बर्वाद पार्नेमा सहकारी पनि हो भन्ने मलाई लागेको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्