Logo

गण्डकीको बजेट आगो लगाईदिने एमाले सांसदको धम्की



काठमाडौं,११ असार । गण्डकी प्रदेश सभाका नेकपा एमालेका सांसद कृष्ण पाठकले प्रदेश सरकारले ल्याएको बजेट नसच्याए आगो लगाईदिने चेतावनी दिएका छन् ।

आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै उनले प्रदेश सरकारले बजेट नसच्याए बजेट पुस्तिा च्यात्नेमात्र नभई आगो लगाईदिने धम्की दिएका छन् ।

‘वार्षिक विकास कार्यक्रम सुधारिएन भने मन्त्रालयगत छलफलमा वार्षिक विकास कार्यक्रम च्यात्नेमात्र होइन, धुजा धुजा पार्ने हो । धुजा धुजामात्र पार्ने होइन, त्यसमा आगो लगाउने हो’, पाठकले भने ।

पाठकले बजेटमा सांसदबीचमै भेदभावपूर्ण व्यवहार सुधार्न सरकारलाई आग्रह गरे । मुख्यमन्त्रीकै सचिवालयका मानिसले १० औं करोड रुपैयाँ बाँडेको पाठकले आरोप लगाए । एउटै निर्वाचन प्रणालीबाट आएका सांसदलाई नै पर्गेल्ने काम भएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्