Logo

माधव नेपालको कारण उपेन्द्र यादव विल्लीबाठ बन्नुपरेको एमाले नेता थापाको आरोप



काठमाडौं, ११ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाक्षेत्रीले माधव नेपालको कारण उपेन्द्र यादवको बिल्लीबाठ भएको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माधवकै कारण उपेन्द्र ५ जना सांसदमा खुम्चिन परेको बताएका हुन् ।एकीकृत समाजवादीका कारण यो सरकार नबनेको र उसकै कारण यो सरकार नढल्ने पनि उनले बताए ।

‘उहाँको कारणले यो सरकार बनेको पनि होईन, ढल्दा पनि ढल्दैन । खुट्टी हेरी पत्याइएकै छ । बीचमा उहाँहरुले कोशिस गर्नुभएको होईन र । उपेन्द्र यादवलाई आज बिल्लीबाट पार्ने, प्रधानमन्त्री बनिहाल्छु कसैले ईष्र्या नगरे हुन्छ भन्ने कथनले आज उपेन्द्र यादवको बिल्लीबाट भएको होईन र ? १२ जना सांसदहरु आज ५ जनामा सीमित भएको त्यही कारणले भएको होईन र ?’ उनले भने ।

केही समय पहिला जसपा नेपाल विभाजन भएको थियो । विभाजनका क्रममा उपेन्द्र यादवको पक्षमा ५ सांसद रहेर बाँकी ७ सांसदहरुले जसपा नामक पार्टी गठन गरेका थिए । उपेन्द्रले भने सरकारले आफ्नो पार्टी विभाजन गरिदिएको आरोप लगाउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्