Logo

प्रतिनिधि सभाबाट बजेट पारित



काठमाडौं,११ असार । प्रतिनिधि सभाको बैठकबाट आगामी आर्थिक वर्ष ०८१-८२ को विनियोजित बजेट पारित भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकबाट बहुमतले बजेट पारित भएको हो । सभामुख देवराज घिमिरेले मन्त्रीहरुले सांसदले उठाएको विभिन्न प्रश्नको जवाफ दिएपछि निर्णयार्थ पेश गरेका थिए । जसमा बहुमतले सो प्रस्ताव पारित भयो ।

त्यसअघि विभिन्न मन्त्रालयसँग सम्बन्धित बजेटमा खर्च कटौतीको प्रस्ताव पेश भएकोमा सबै बहुमतले अस्वीकृत भएको थियो ।

अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए ।

पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब छ ।



प्रतिक्रिया दिनुहोस्