Logo

एसइईको नतिजा आज सार्वजनिक हुने सम्भावना न्यून



काठमाण्डौं, असार १२ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलिमात्र सार्वजनिक गर्ने भएको छ ।

प्राविधिक कार्य नसकिएकाले आज नतिजा आउने सम्भावना नरहेको बोर्डले जनाएको छ । प्राविधिक काम नसकिएको र त्यो काम सम्पन्न भएको खण्डमा भोलि बिहान नतिजा प्रकाशन हुनेछ ।

नतिजाहरूको अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेको छ । अंकमा गरिएको मूल्याङ्कनलाई बोर्डको सफ्टवेयरले अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेको हो ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने छ । गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फका चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फका २१ हजार परीक्षार्थी नतिजाको पर्खाइमा छन्।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ । सोमबार सूचना जारी गर्दै कार्यालयले नतिजा हेर्न सकिने निम्न व्यवस्थाहरू गरेको छ । २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको जनाएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot