Logo

पहिरो खसेपछि नारायणघाट-मुग्लिन सडक अवरुद्ध



काठमाडौं । निरन्तरको वर्षात्का कारण नारायणघाट-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १२ बजेर ५० मिनेट जाँदा जलबीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

इच्छाकामना-६, जलबीरेमा माथिबाट पहिरो खसेको छ । भने, पहिरोले दुईतर्फ नै गाडी गुड्न सकेका छैन ।

हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा दुबैतिर सवारी साधनको लाम लागेको छ।



प्रतिक्रिया दिनुहोस्