Logo

उपमहासचिव रिमाल र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीबीच शिष्टाचार भेट



काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालको नेतृत्वमा चीन भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सन ह्याइयानसँग शिष्टाचार भेट गरेको छ ।

चीनको हवेइ प्रान्तको नवनिर्मित स्मार्ट सिटी सियाङ्गाआ शहरमा भएको भेटमा दुई कम्युनिष्ट पार्टी, दुवै देशका सरकार र जनस्तरमा आपसी सहयोग आदानप्रदान लगायत विषयमा छलफल भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा दशदिने चीनको अध्ययन तथा अवलोकन भ्रमणका लागि मङ्गलबार राती काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको उच्चस्तरीय प्रतिनिधिमण्डल आज सियाङ्गाआ पुगेको हो । भ्रमण टोलीमा नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्यहरू विनोद श्रेष्ठ, सुजिता शाक्य, केन्द्रीय सदस्यहरू, पार्टीका प्रदेश तथा जिल्ला अध्यक्षहरू लगायत २९ जना सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot