Logo

एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मै पढ्नुपर्ने



काठमाडौं । एसईई २०८० को नतिजा सार्वजनिक भएसँगै एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने भएको छ ।

‘नन् ग्रेडेड’मा परेका दुई लाख ४२ हजार ३१३ जनामध्ये एक लाख २६ हजार २९७ विद्यार्थीले दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याएका छैनन् । उनीहरूले कक्षा १० दोहोर्‍याएर पढेर अर्को वर्ष मात्रै एसईई दिन पाउनेछन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार दुईवटासम्म विषयमा नन् ग्रेडेड हुने विद्यार्थी एक लाख १५ हजार ८३४ जना छन् । एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको संख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् ।

ती विद्यार्थीले एक महिनापछि हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

नतिजाअनुसार, यसवर्ष परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७।८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

यसवर्ष १८६ जनाको ४ जिपिए आएको छ भने ५२।१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो । २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ ।

एसईईमा सहभागी चार लाख ४४ हजार ७८५ परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जनाले मात्र कक्षा–११ पढ्न पाउने भएका छन् ।

यसैबीच २ विषयसम्म फेल भएकाहरुका लागि बोर्डले सञ्चालन गर्ने मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ ।

२ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot