Logo

सरकारलाई राप्रपाले सोध्यो: बैकुण्ठलाई मुख्यसचिव बनाउनैपर्ने के आपत् आइलाग्यो ?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सचिवबाट अवकाश पाउनै लाग्दा डा बैकुण्ठ अर्याललाई किन मुख्यसचिव बनाईयो भन्दै प्रशन गरेको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै राप्रपा सांसद तथा प्रमुख सचेतक विना लामाले तत्कालीन मुख्यसचिव शंकरदाश वैरागी खनाललाई मन्त्रीस्तरीय सुविधा दिएर हुँदै नभएको राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार बनाएको भन्दै प्रश्न उठाएकी छन् ।

सचिवबाट घर जान लागेको मान्छेलाई मुख्यसचिव नबनाई नहुने अवस्था कसरी आयो भन्दै सांसद लामाले प्रश्न उठाएकी हुन् । सरकारले गत सालको जेठ ३२ गते डा अर्याललाई मुख्यसचिव बनाएको थियो । तत्कालीन मुख्यसचिव वैरागीलाई राजीनामा गराएर अर्याललाई मुख्यसचिवको पद दिईएको थियो । तर, अहिले उनै बैकुण्ठ भ्रष्टाचारको आरोपमा निलम्बनमा छन् । उनलाई गत साता अख्तियारले ३८ करोडको बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । हाल उनी राष्ट्रिय योजना आयोगको जेगाडामा खेदिएका छन् ।



प्रतिक्रिया दिनुहोस्