Logo

मन्त्रीहरू मिसन ८४ मा छन्, जनताको सेवामा ध्यान दिएनन्: सांसद साह



काठमाडौं । नेकपा एमालेका सांसद किरणकुमार साहले विपद् व्यवस्थापन र पुनर्स्थापनमा तत्काल कदम चाल्नु पर्ने आवश्यकता देखिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नागरिक विपद्‌मा रहँदा सरकारको ध्यान जान नसकेको बताए ।

‘गत वर्ष ५० जनाको मृत्यु र सयौँ जना विस्थापित भएका थिए । यो वर्ष पनि जनधनको क्षति हुने क्रम सुरु भएको छ । तर, मन्त्रीहरू मिसन ८४ मा छन्, यो दु:खद् कुरा हो,’ उनले भने ।

मधेश प्रदेशमा दिउँसै हत्या हिंसा र चोरी भएको हुने गरेको भन्दै सांसद साहले गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराए ।



प्रतिक्रिया दिनुहोस्