Logo

रक्सीले लठ्ठिएर विमानस्थल पुगेका राजेशपायललाई जहाजले फर्कायो



काठमाडौं । दुबईमा एक सांगीतिक कार्यक्रममा जान लागेका गायक राजेशपायल राईलाई एयरलाइन्सले विमानस्थलबाट फर्काइदिएको छ।

फ्लाई दुबई एयरलाइन्सबाट दुबई जान लागेका उनले अत्यधिक मदिरा सेवन गरेर होहल्ला समेत गर्न थालेपछि एयरलाइन्सले विमानस्थल सुरक्षा प्रहरी, कार्यालयलाई जिम्मा लगाइदिएको थियो।

बोर्डिङ पास लिएर विमानभित्र प्रवेश गरेका राई पहिलै रक्सीले मातेको विमानस्थल स्रोतले बतायो । उनले विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग लफडा गर्न थालेपछि प्रहरीको जिम्मा लगाइएको स्रोतको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्