Logo

बागमतीको बजेट आज पास हुँदै, विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप



काठमाडौं । बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट आज पारित हुँदैछ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा सांसदहरुले मन्त्रालयगत विषयमा उठाएको प्रश्नको जवाफ दिने र बजेट पारित गर्ने कार्यसूची छ ।

आज बजेट पास हुने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । कांग्रेसले बजेटको विपक्षमा मतदान गर्न निर्देशन दिएका छ ।

संसदीय दलको बैठकले बजेट असन्तुलित र त्रुटिपूर्ण भएकाले स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot