Logo

एमालेबाट पुनः पुरानै घर फर्किएका चन्द्रबहादुर केन्द्रीय सदस्यमा बढुवा



काठमाडौं । नेकपा खमाओवादी केन्द्रले अर्घाखाँचीका चन्द्रबहादुर खड्कालाई केन्द्रीय सदस्यमा बढुवा गरेको छ । बुधबार बसेको पार्टीको बैठकले उनलाई केन्द्रीय सदस्यमा नियुक्त गरेको हो ।

यसअघि माघ २६ र २७ गते बसेको माओवादीको स्थायी समिति बैठकले खड्कालाई वैकल्पिक केन्द्रीय सदस्य बनाएको थियो ।

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा विघटन भएपछि रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहसँगै उनी एमालेमा बसेका थिए । पार्टीमा फर्किन गरेको आग्रह नमानेपछि माओवादीले २०७८ वैशाख १० गते खड्कालाई कारबाही गरेका थियो ।

माओवादीबाट एमालेमा बसेपछि कारबाही स्वरुप उनले राष्ट्रिय सभा सदस्य पद पनि गुमाएका थिए । खड्का एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझ निकटका नेता हुन् । टोपबहादुर एमालेमै बसेपछि उनले पनि एमाले रोजेका थिए । तर, नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी जेल परेपछि खड्का केही महिना अघि पुरानै घर फर्किएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot