Logo

एकीकृत समाजवादीको सचिवालय बैठक जारी



काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय आलोकनगरमा बैठक भर्खरै सुरु भएको हो ।

आजको बैठकमा आसन्न १०औं राष्ट्रिय महाधिवेशन र समसामयीक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

बैठकमा महाधिवेशनको तयारी लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ । एकीकृत समाजवादीको महाधिवेशन यही असार १६–२० मा काठमाडौंमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot