Logo

आईटी आर्मीद्धारा १२औं दिनपनि वैदेशिक रोजगार विभाग घेराउ



काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन माग गर्दै आज १२औं दिन पनि नाराजुलुश सहित काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ गरेको छ ।

१२औं दिनसम्म वैदेशिक रोजगार विभाग अगाडी धर्ना एवं घेराउ गर्दै आएका आन्दोलनकारीले सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारको बिरुद्धमा चर्को नारावाजी समेत गरेका छन् ।

वैदेशिक रोजगार विभागको कार्यालय अगाडी निरन्तर नाराजुलुश भईरहेको छ । सरकार र विभागको बिरुद्धमा नाराजुलुश गर्दै विभाग घेराउ गरिए पनि सरकारले नसुने जस्तै गरिरहेको छ । सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने उनीहरुले जनाएका छन् ।

यसैबीच वैदेशिक रोजगारका पीड़ितलाई न्याय दिलाउन आईटी आर्मीले शुरू गरेको आन्दोलन आज १२ औ दिन पुगेको छ । तर लगातार १२ दिन सम्म घेराउ गरिरहदा सरकारको ध्यान नपुगेको भन्दै आजपा अध्यक्ष प्रभु साहदे दुख व्यक्त गरेका छन् । ‘बिदेश जाने युवाहरुसँग बिना रसीद लिएको अवैध रकम फिर्ता गराउन तथा ठग मेनपावर र ऐजेंटलाई कारवाई गरी पीडितहरूलाई न्याय दिलाउन बैदेशिक रोजगार बिभागमा हप्तौ देखि धर्नामा बसेका आईटी आर्मीका जायज मागहरुलाई तुरन्त सम्बोधन गर्न सरकारसंग बिशेष माग गर्दछु’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot