Logo

आकांक्षीलाई भाग पुर्‍याउन एकीकृत समाजवादीमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्नेबारे छलफल



काठमाडौं,१३ असार । नेकपा एकीकृत समाजवादीले आगामी महाधिवेशनबाट पदाधिकारीको संख्या १९ बाट २० पुर्याउनेबारे छलफल थालेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा केन्द्रीय सदस्यको संख्या बढाउने र एक जना वरिष्ठ उपाध्यक्षको व्यवस्था गर्नेबारे छलफल भइरहेको छ । विधानमा १५१ केन्द्रीय कमिटी रहने व्यवस्था छ । त्यसलाई बढाएर २९९ सदस्यीय बनाउनेबारे छलफल भइरहेको हो ।

एकीकृत समाजवादीको महाधिवेशनमा माधव नेपाल र घनश्याम भुसालले दाबी गरेका छन् । अध्यक्षमा दोहोरिने इच्छा राखेका नेपालले वरिष्ठ उपाध्यक्ष पदन खडा गरेर भुसाललाई मनाउने कोशीस गरेको आँकलन भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot