Logo

टीआरसी टुंग्याउने कसरतमा प्रचण्ड, सिंहदरबारमा शीर्ष तीन नेताको बैठक



काठमाडौं,१३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज छलफल गर्दैछन् । तीन नेताबीचको छलफल केहीबेरमा सिंहदरबारमा सुरु हुनेछ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा केहीबेरमा छलफल सुरु हुने नेताहरूले बताएका छन् । शीर्ष नेतासँगै ती दलका प्रमुख सचेतकहरूलाई पनि बैठकमा बोलाइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीले बोलाएको उक्त छलफलमा टीआरसी विधेयक लगायतका समसामयिक विषयमा कुराकानी हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot