Logo

अछामको छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे अनेमसंघको ध्यानाकर्षण



काठमाडौं । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) ने गत साता अछामको पञ्चदेवल विनायक नगरपालिकामा मामाघरको छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार अनेमसंघकी अध्यक्ष टुकाभद्रा हमालले एक विज्ञप्ति जारी गर्दै सो घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेकी छन् । ‘गत अषाढ ४ गते मंगलबारका दिन सुदुरपश्चिम प्रदेश, अछाम जिल्ला पञ्चदेवल बिनायक नगरपालिका बस्ने १६ वर्ष कि एक नावालिका किशोरी छाउगोठमा बसेको समयमा बलात्कृत भएको घटना प्रति अखिल नेपाल महिला संघको गम्भिर ध्यानाकर्षण भएको छ’ हमालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यो एक प्रतिनिधिमुलक घटना मात्र हो । आधुनिक युगमा पनि छाउपडी जस्तो कुरीति र रुढिवादिको कारण यस्ता अमानविय घटनाहरु हुनु भनेको मुलुक जंगलीयुगमा नै छ भन्ने सन्देश दिनु हो’ ।

कानुनी राज्यको दुहाई दिनु भनेको यस्ता अमानविय घटनामा परेका पिडितहरुलाई संरक्षण गर्ने, छाउगोठ नामक अन्धबिश्वासको समुल अन्त्य गरि यस्ता अपराधमा संलग्न दोषीलाई हदै सम्मको कार्वाहि गर्ने जस्ता काममा राज्य जवाफदेहि हुनु भएको अनेमसंघले जनाएको छ । तर यसो हुन नसकेकोतर्फ संघले चिन्ता व्यक्त गरेको छ ।

‘हालका दिनमा यस्ता सामाजिक कुरितीहरु यत्र तत्र सर्वत्र हुदा पनि राज्यको तर्फबाट कुनै प्रतिकार्य स्वरुपका क्रियाकलापहरु घटनाको छानविन, पिडितको उद्धार, सहयोग र संरक्षण, पिडकलाई कानुनी कार्वाहि लगायत आम मानिसहरुमा छाउ बिरुद्धको जनचेतना जगाउने काम भएको पाईएको छैन तसर्थ यस्ता घटनाको छिटो, निष्पक्ष र बिश्वसनिय छानविन गरि दोषीलाई सजाए र पीडितलाई न्याय र संरक्षण गर्न सम्बन्धित सरोकारवालाहरुलाई अपिल गर्दैछौ’ हमालले भनेकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot