Logo

विद्यालय र विश्वविद्यालय राजनीतिक दलको भर्तीकेन्द्र बन्दासम्म शिक्षामा सुधार हुँदैनः प्रा.डा.नन्दबहादुर सिंह



काठमाडौं, १३ असार । माध्यामिक शिक्षा परिषद्ले २०८० सालमा सञ्चालित माध्यामिक शिक्षा परिक्षा (एसईई) को नतीजा सार्वजनिक गरेको छ । यस वर्ष कूल ४ लाख ६४ हजार ७ सय ८५ जना परीक्षामा सहभागी भएका भएपनि ४७.८७ प्रतिशतमात्रै उत्तीर्ण भएका छन् । एसईई परीक्षामा सहभागी भएका मध्ये ५२.१३ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनुले शिक्षा नीति, प्रणाली र शिक्षकहरुको योग्यता र दक्षतामाथि नै प्रश्न उठाइरहेको छ ।

एसईईको कमजोर नतीजाका विषयमा रिपोर्टर्स क्लब नेपालले सरोकारवालासँग साक्षत्कार गरेको छ । प्रा.डा.नन्दबहादुर सिंहले राजनीतिक दलहरुले विद्यालय र विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाउने कार्य जारी रहेसम्म शिक्षा क्षेत्रमा सुधार नहुने ठोकुवा गरे । ‘मुख्य तीन वटा राजनीतिक दलहरुले शिक्षा क्षेत्र र विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाउन जुन दिनसम्म रोकिँदैन त्यहाँसम्म नेपालको शिक्षा यस्तै हुन्छ,’– उनले भने ।

प्रा.डा.सिंहले नेपाली कांग्रेसका शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग साहस छ भने राष्ट्रिय सहमति गरेर विद्यालय र विश्वविद्यालयभित्र संगठन बनाउने कुरा अन्त्य गर्नुपर्ने बताए ।

साथै, सामुदायिक विद्यालयको आधिकांश शिक्षक र प्रधानाध्यापकले विद्यालयमा राम्रोसँग नपढाएको उनको आरोप छ । नेपालका राजनीतिक दलले शिक्षा र सामाजिक क्षेत्रमा राजनीति अन्त्य गरेको दिनबाट मात्रै शिक्षामा सुधाको संकेत देखा पर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot