Logo

सहकारी ठगी प्रकरण छानविन गर्न बनेको विशेष समितिले घुमाएर गृहमन्त्री लामिछानेको कान समाउँछ (भिडिओसहित)



काठमाडौं, १४ असार । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य प्रतिमा गौतमले चुनावको बेला ‘नो नट अगेन’ को नारा दिएर उदाएका नयाँ दलका नेताहरुले जनताको अपेक्षा बमोजिम काम गर्न नसकेको बताएकी छ । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा दिएर उदाएका पार्टीहरु आफैं दल–दलमा फेसेका बताएकी हुन् ।

सुशासन ल्याउँछौं, भ्रष्टाचार निर्मूल गर्छौं भनेर नयाँ पार्टीहरु कसरी आएका थिए ? केही गरे ? त्यस्तो त देखिएन । जनता झन निराश देखिन्छन् । यत्रो सहकारीमा मान्छेहरु फसेर आज रुवाबासीको अवस्था छ । देशमा नो नट अगेन भनेर आउनु भएका साथीहरुसँग कत्रो ठूलो अपेक्षा थियो । यो देशले ठूलो अपेक्षा थियो । तर, उहाँहरुले काम गर्न सक्नुभयो ?,’– उनले प्रश्न गरिन् ।

नेतृ गौतमले कांग्रेस हरेक जनताका मुद्दामा संसद् र संसद् बाहिर पनि देखिइरहेको बताईन् । उनले कांग्रेसले जिम्मेवारी प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताईन् । कांग्रेसले जनताको विपक्षमा काम गर्ने कसैलाई पनि नसघाउने उनको भनाइ छ ।

फरक प्रसंगमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा उम्किन नहुने बताईन् । लामिछानेविरुद्ध आफूहरुसँग एक सय एक प्रमाण रहेको उनको भनाइ छ । उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई समितिले घुमाएर कान समाएको उनले टिप्पणी गरिन् । कांग्रेसले रास्वपा सभापति लामिछानेलाई गलत क्रियाकपापमा कहिले पनि बचाउन नचाहेको उनको भनाइ छ । उनले्

‘हामीले रवि लामिछाने जो गोर्खा मिडियादेखि विभिन्न सहकारीमा संलग्न हुनुहुन्छ, उहाँको नाममा पैसाहरु लगेको देखिएको कारणले, प्रशस्त प्रमाणका कारणले हामीले उहाँले नैतिकताको आधारमा राजीनामा पनि दिनुपर्छ र उहाँ माथि छानविन हुनुपर्छ भनेको थियौं । तर, अहिले कान कसरी समाउने भन्ने कुरा भयो । कान सिधा समाउने कि ? घुमाएर समाउने ? अहिले यो छानविन समितिले कान घुमाएर समाएको हो । गोर्खा मिडियाको छानविन हुनेवित्तिकै उहाँ पनि स्वतः पर्नुहुन्छ,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot