Logo

अवकाश लिएर घर जानुपर्ने सिग्देल प्रधानसेनापतिको लाईनमा बसेको भन्दै सदनमा उठ्यो कुरा, प्रभु साहले मागे सरकारको जवाफ



काठमाडौं,१४ असार । नेपाली सेनाका रथी अशोकराज सिग्देलको जन्ममिति विवाद सतहमा आएको छ । उपरथीबाट रथीमा बढुवा हुँदा सार्वजनिक भएको उक्त विवाद फेरि एकपटक सतहमा आएको छ । सो विवाद सडक हुँदै सदनसम्म पुगेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सो प्रकरण सदनमा उप्काएका हुन् ।

‘नेपालको गौरवशाली इतिहास बोकेको छ । नेपालीहरुले गौरव गर्ने एउटा संस्था हो । आज त्यसका नेतृत्वको कयन गलत क्रियाकलापले गर्दा भएको वेथितिका बारेमा मिडियाहरुमा चर्चा हुँदै आएको छ’ उनले भने । उनले आज काठमाडौंबाट प्रकाशीत भएका विभिन्न पत्र-पत्रिकामा सेनाका रथी अशोक सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति भएको कुराबारे सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

नेपालीको गौरव भनेर चिनिएको र सन्सारले मानेको नेपाली सेनामा यसरी विवादमा तानिुनु अत्यन्तै चिन्ताको विषय भएको बताउँदै साहले भने ‘नेपालले गौरव गरेको नेपाली सेनाको संस्था यसरी कलंकित भईरहँदा सम्बन्धित निकाय मौन बस्नु राम्रो होईन् । नेपालको गौरवको रुपमा रहेको सेना विश्वले गर्व गर्ने, निष्कलंकित हुनुपर्छ । उदाहरणीय हुनुपर्छ । सेनाको छविमाथि आँच पुर्याउने हर्कत जसले गरेको छ । तीनलाई कारबाही हुनपर्छ । सन्सारले मानेको सेना आज विवादमा तानिनु सकारात्मक होइन्’ ।

पूर्व मन्त्रीसमेत रहेका साहले यतिधेरै कुरा बाहिरिँदा पनि विभागीय मन्त्रीले कुनै जवाफ नदिएको भन्दै आपत्ति जनाएका छन् । ‘यसरी विवादित कुरा बाहिर आईरहँदा सम्बन्धित निकायले किन जवाफ दिँदैन् । रक्षामन्त्रीज्यू मौन हुनुहुन्छ किन ? । देशको सम्मानीत संस्थामाथि प्रशन उठिरहँदा रक्षामन्त्री चुप लागेर बस्नु शोभनीय भएन् । हामी उहाँको जवाफ चाहान्छौं । प्रधानसेनापतिले संसदीय सुनुवाई समितिमा सिग्देलको बारेमा गरेको वचाउ सञ्चारमाध्यमले खण्डन गरेका छन् । यसबारेमा सरकारले प्रष्ट पारोस्’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot