Logo

राष्ट्रपति पौडेल भेट्न बिहानै शीलतनिवास पुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं,१४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डले बिहान शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।

आजको भेटमा बजेट पारित लगत्तै हुने भनिएको मनित्रपरिषद् पुनर्गठनको बारेमा छलफल भएको छ । प्रचण्डले यसै साता मन्त्रिपरिषद्लाई पुनर्गठन गर्ने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्