काठमाडौं, १४ असार । एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष एवं अधिवक्ता टोनु घोथानेको जीवन संघर्षमा आधारित गीत ‘अष्ट्रेलियाको टोनु दाई’ सार्वजनिक भएको छ । उक्त गीतमा स्वर, शब्द र संगीत प्रमोद निर्वानको र संगीत संयोजन गोपाल रसाइलीको रहेको रहेको छ । उक्त गीतको म्युजिक भिडिओ हाइलाइटस नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
घोथाने लामो समयदेखि अष्ट्रेलियामा रहेर कानुन व्यवसायमा संलग्न छन् । उनी त्यहाँ रहेका नेपालीहरुको सेवामा समेत समर्पित छन् । अष्ट्रेलिया अध्ययनका लागि गएका विद्यार्थीहरुलाई आइपरेका विभिन्न समस्याहरुमा उनले ठूलो योगदान गर्दै आइरहेका छन् ।
घोथाने गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका पूर्व अध्यक्षसमेत हुन् । नेपालबाट अष्ट्रेलियामा अध्ययन र रोजगारीको सिलसिलामा पुगेका नेपाली युवायुवतीहरुमा आत्महत्या सबैभन्दा ठूलो समस्या बनिरहेको घोथानेको भनाइ छ । उनले बताएअनुसार उच्च महत्वकांक्षा, पारिवारिक बेमेल र घर परिवारको राम्रो सपोर्ट नहुँदा धेरैले आत्महत्या गर्ने गरेका छन् ।