Logo

चार सहिदको नाममा कार्यक्रम गरौं भन्दा कांग्रेस–एमालेका नेताहरुले नगरसभा रोकेको बालेनको आरोप



काठमाडौं, १४ असार । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले चार सहिदहरुको नाममा कार्यक्रम गरौंभन्दा एमाले–कांग्रेसका नेताहरुले नगरसभा रोकेको आरोप लगाएका छन् । एमाले–कांग्रेसले वीपी र मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गर्न प्रस्ताव राखेको उनको भनाइ छ । आफूले मदन–बीपी भन्दा चार स्वतन्त्र सेनानी सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा कार्यक्रम गरौं भन्दा नगरसभा रोकिएको बताएका छन् ।

काठमाडौं महानगरको नगरसभा बैठक आजलाई आह्वान गरिएको थियो । राजनीतिक दलबाट निर्वाचित वडा अध्यक्ष र नगर प्रमुख शाहबीच बढ्दो असमझदारीले आजको बैठक रोकिएको बताइएको छ ।

यद्यपि, बालेनले भने कांग्रेस–एमालेका नेताहरुलाई दोष थुपार्दै भनेका छन्, ‘एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot