Logo

गृहमन्त्री लामिछानेले प्रहरीलाई थर्काएर सहकारी ठगीसँग सम्बन्धित प्रतिवेदन लुकाएको कांग्रेस नेता बस्नेतको आरोप



काठमाडौं, १४ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य मोहनबहादुर बस्नेतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीहरुलाई थर्काएर सहकारी ठगीसँग सम्बन्धित विभिन्न प्रतिवेदन लुकाउने र गुपचुप राख्ने काम गरिरहेको आरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सहकारी समस्या छिटोभन्दा छिटो समाधान हुनुपर्नेमा उल्टै प्रतिवेदनहरु लुकाउने र गुपचुप राख्ने काम भइरहेको बताएका हुन् ।

एक जना प्रोफेसरले ५६ वर्ष पढाएको पैसा सहकारीमा राखेको र अहिले उनले विरामी हुँदा औषधिसमेत खान नपाएको प्रसंग उल्ले गर्दै उनले भने, ‘हाम्रो नेताहरु, मन्त्रीहरु, त्योसँग सम्बन्धित नेताहरु ठूला–ठूला कुरा गरेर आफू मुछिनु भएको छ । यसको ब्याजसमेत असुल नगरेसम्म म फर्किन्न भनेर भाषण गर्दिनुहुन्छ । तर, पुलिसलाई थर्काएर विभिन्न किसिमका प्रतिवेदनहरु गुपचुपमा राख्ने, लुकाउने काम भइरहेको छ ।’

सहकारी ठगी छानविन गर्न बनेको संसदीय विशेष छानविन समितिलाई सकृयताका साथ अगाडि बढाइनुपर्ने उनको भनाइ छ । समितिले निकालेको निश्कर्षबाट पीडित बचतकर्ताहरुले ठूलो राहत पाउने उनको भनाइ छ । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot