Logo

टेरामक्स प्रकरण: अख्तियारले छानबिन अन्तिम चरणमा पुर्‍याउँदा बचाउमा उत्रिए बस्नेत



काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले टेरामक्स प्रकरणको बचाउन गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व मन्त्री बस्नेतले आफ्नो नाम पनि सो प्रकरणमा मुछेको तर, आफू त्यसमा संलग्न नरहेको जिकिर गरे ।

‘मलाई पनि टेरामक्सको कुरा लिएर बेलाबेलामा आरोप आइरहेका छन् । यसमा तीन जना सांसदको नाम मुछिएको छ । कलिला ओठ निचोरे दूध आउने माननीयदेखि दाह्रीजुँगा फुलेका सबैले यो कुरा यहाँ उठाइराख्नु भएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिन्छु । टेरामक्स यस्तो विधि हो, जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दा भीओआईपी प्रकरणलाई नियन्त्रण गर्छ’ ।

टेरामक्स भीओआईपी प्रकरणलाई रोक्ने विधि भएको भन्दै उनले कल बाइपास गरेर वार्षिक रूपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको दाबी गरे । आफूले आँट गरेर सो विधिको सुरुआत गरेको बताउँदै आफूलाई यस प्रकरणमा मुछिएको भन्दै उनले उचित समयमा आफूले बोल्ने बताए । 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री रहेका बस्नेत टेरामक्समा जोडिएका एक प्रमुख पात्र हुन् । उनीलगायतका केही सांसदविरुद्ध अख्तियारले छानबिन गरिरहेको छ । अख्तियारले केही दिनमा नै यसबारेमा विशेष अदालतमा मुद्दा लाने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot