Logo

बजेट विनियोजनलाई लिएर माओवादीकै सांसद असन्तुष्ट, मन्त्रीहरुले बद्नियतपूर्ण कमजोरी गरेको आरोप



काठमाडौं, १४ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले बजेट विनियोजनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रीहरुले आफू केन्द्रीत र आफूले इच्छाएका योजनामा बजेट विनियोजन गरेको आरोप लगाएका हुन् ।

योजना छनोटमा मन्त्रीहरुले बद्नियतपूर्ण कमजोरी गरेको उनको आरोप छ । उनले मन्त्रीहरुले वित्तीय संघीयता, प्रशासनिक संघीयतालाई अस्वीकार गरेको आरोप छ ।

‘मन्त्रीज्यूहरुले योजना छनोट र बजेट विनियोजन गर्दा अली विरोधकारी योजना छनोट, बजेट विनियोजन गर्नुभयो । रातो किताब छाप्नुभयो र यहाँ पेश गर्नुभयो । त्यसले कहीँ न कहीँ समस्या त जन्माइरहेकै छ । यो विगतमै थियो, विगतका कमजोरीहरुको निरन्तरता हो ।’ उनले भने, ‘बद्नियतपूर्ण कमजोरी, परिस्थितिजन्य कमजोरी होईन । उहाँहरुले वित्तीय संघीयता, प्रशासनिक संघीयतालाई अस्वीकार गर्नुभयो । मानव सूचाङ्कका आधारमा जिल्ला र पालिकालाई प्राथमिकता दिनु्पर्ने, त्यो कुरा अस्वीकार गर्नुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot