Logo

कार्यकर्तालाई अ‍ोलीको चेतावनी: चुनावमा उम्मेदवारविरुद्ध भित्रभित्र खुसखुस गरेर चलाईने अभियान अब उप्रान्त स्वीकार्य हुँदैन



काठमाडौं,१४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकतावद्ध भएर पार्टी निर्माणको काममा खटिन आग्रह गरेका छन् ।

शुक्रबार ललितपुरको गोदावरी नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी संगठन निर्माणको कामाई छाडेर अधिवेशनमा उठेका उम्मेदवारका विरुद्ध भित्रभित्र खुसखुस गरेर अभियान चलाउने गरेको भन्दै अबदेखि त्यस्तो कार्य स्वीकार्य नहुने बताएका छन् ।

उनले भने, ‘हामी पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाऔँ भनिरहेका हुन्छौँ तर, भन्न अप्ठ्यारो लाग्ने कुरा छ हामी आफैँ चुनावका बेलामा भावनामा बग्छौँ, आफ्नै उम्मेदवारलाई हराउन लाग्छौँ। आफ्नै उम्मेदवारका विरुद्ध भित्रभित्र खुसखुस गरेर एउटा अभियान चलाउँछौँ। अब उप्रान्त त्यस्तो हुनेछैन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot